राष्ट्रिय बीमा संस्थान र एनआईसी एशिया बैंकबीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठक र बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
हाल बैंकको मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको छ ।