पाँच वटा निर्जीवन बीमा कम्पनीहरुले महाविपत्ती कोष खडा गरेका छैनन् । कम्पनीहरुको वित्तीय विवरण अनुसार आईएमई जनरल, एभरेष्ट, प्रुडेन्सियल, हिमालयन र राष्ट्रिय बीमा कम्पनीले महाविपत्ती कोष खडा गरेका छैनन् । नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनी संचालनमा छन् ।
“ निर्जिवन बीमा कम्पनीहरुलाई नाफाको १० प्रतिशत महाविपत्ति जगेडामा जम्मा गराउनुपर्ने निर्देशन हामीले दिएका छौ ।” नाफा नभएका कम्पनीहरुले महाविपत्ति कोषमा रकम राखेको हुदैनन । ऐनमा नराखे पनि हामीले कम्पनीहरुलाई निर्देशन दिएका छौ । ”
बीमा समितिले गरेको व्यवस्था अनुसार कम्पनीहरुले नाफाको १० प्रतिशत महाविपत्ति कोषमा जम्मा गराउनुपर्नेछ । प्रस्तावित बीमा ऐनमा बीमा कम्पनीहरुले महाविपत्ती कोषको व्यवस्था गरिएको छ । बीमा समितिले भूकम्प अघि नै नाफाको १० प्रतिशत महाविपत्ति कोषमा जम्मा गर्नुपर्ने निर्देशन समेत दिएको थियो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार “ निर्जिवन बीमा कम्पनीहरुलाई नाफाको १० प्रतिशत महाविपत्ति जगेडामा जम्मा गराउनुपर्ने निर्देशन हामीले दिएका छौ ।” नाफा नभएका कम्पनीहरुले महाविपत्ति कोषमा रकम राखेको हुदैनन । ऐनमा नराखे पनि हामीले कम्पनीहरुलाई निर्देशन दिएका छौ । ” कम्पनीहरु बलियो हुनुपर्छ र भोलि कुनै विपत आएको खण्डमा उपयोगी हुने हेतुले महाविपत्ति जगेडा कोषकोको सुरुवात गरेको उनले बताए ।