एलआईसी नेपालको बुटवल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले मृतक बीमित शेर बहादुर कार्कीका परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
शाखाका प्रमुख सुर्य जि.सिले बीमितको आमा ओम कुमारि कार्की लाई चेक हस्तान्तरण गरेको गरेका हुन् ।
कम्पनीले दुर्घटना वापत २ लाख र बीमांक रकम र बोनस सहित २ लाख ७४ हजार २ सय गरि जम्मा ४ लाख ७४ हजार २ सय रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ ।
मृतक बीमित शेर बहादुर कार्कीको २०७६ बैशाख गते ९ दिन लुम्बिनि भैरहवा सडक खण्डको मायादेवी गाउँपालीकामा ट्रकको ठक्करबाट मृत्यु भएको थियो । शेर बहादुरले एलआइसी नेपालमा २ लाख रुपैयाँको बीमा गरेका थिए ।