१० वटा वाणिज्य बैंकले ब्रोकरेज सेवा संचालनको अनुमति पाएका छन् । नेपाल राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकहरुलाई ब्रोकरेज सेवा संचालनको स्वीकृति दिएको हो ।
राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया, बैंक अफ काठमाण्डू लिमीटेड, कुमारी बैंक लिमीटेड, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र सानिमा बैंकलाई ब्रोकरेज लाइसेन्स दिएको हो ।
सिभिल बैंकले लाइसेन्स पाउने प्रक्रिया सुरु भएको छ भने बाँकी ८ वटा वाणिज्य बैंकले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका छन् ।
ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका बैंकहरुमा नवील बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक,लक्ष्मी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक र सनराइज बैंक लिमिटेड रहेका छन् ।