विकास बैंकहरुपनि लगानीकर्ताको रोजाईमा पर्दै आएका शेयर हुन्। राम्रो प्रतिफल र कम बजार मूल्यको कारणले गर्दा पनि विकास बैंक समूहहरु लगानीकर्ताको रोजाईमा पर्दै आएका छन्। विकास बैंक समूहलाई इन्स्योरेन्सखबरले गरेको तुलानात्मक अध्ययन :
जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा लुम्बिनी विकास बैंक राम्रो छ। लुम्बिनी विकास बैंकको जगेडा कोषमा १ अर्ब ४६ करोड संचित छ। विकास बैंक मध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको जगेडा कोष ऋनात्मक छ। कर्पोरेट डेभलपमेन्ट बैंकको जगेडा कोष १ करोड ७० लाख रुपैयाँ ऋनात्मक छ।
निक्षेप र कर्जाको आधारमा :
निक्षेप र कर्जाको आधारमा मुक्तिनाथ विकास बैंक अघि छ। मुक्तिनाथ विकास बैंकले ४१ अर्ब ८० करोड निक्षेप संकलन गरी ३६ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ।
खुद नाफाको आधारमा :
खुद नाफाको आधारमा मुक्तिनाथ विकास बैंक अघि छ। मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ६० करोड २० लाख खुद नाफा गरेको छ।
प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानीको आधारमा मुक्तिनाथ विकास बैंक राम्रो छ। मुक्तिनाथ विकास बैंकको प्रति शेयर आम्दानी २६ रुपैया १९ पैसा छ। मुक्तिनाथ पछि शाईन रेसुंगाको प्रति शेयर आम्दानी राम्रो छ , शाईनको प्रति शेयर आम्दानी २५ रुपैया ५५ पैसा छ।
नोट : कर्पोरेट डेभलपमेन्ट बैंकको जगेडा कोष ऋनात्मक भएको र खराब कर्जा ३० प्रतिशत माथि भएकाले प्रति शेयर आम्दानी ३० हुदा पनि यो सूचीमा समावेश नगरिएको।
मूल्य आम्दानी अनुपातको आधारमा :
मूल्य आम्दानी अनुपातको आधारमा लुम्बिनी विकास बैंक र शाईन रेसुंगा विकास बैंक राम्रो छन्। दुवैको मूल्य आम्दानी अनुपात १० गुणा मुनी छ। कर्णाली डेभलपमेन्ट बैंकको मूल्य आम्दानी अनुपात सबै भन्दा धेरै ६६ गुणा छ।
नोट : कर्पोरेट डेभलपमेन्ट बैंकको जगेडा कोष ऋनात्मक भएको र खराब कर्जा ३० प्रतिशत माथि भएकाले प्रति शेयर आम्दानी ३० हुदा पनि यो सूचीमा समावेश नगरिएको।
खराब कर्जाको आधारमा :
खराब कर्जाको आधारमा कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा सबै भन्दा धेरै छ। कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा ३१ दशमलव ८१ प्रतिशत छ। त्यो भन्दा बाहेक सबै विकास बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा मुनी छ।
सबै भन्दा थोरै खराब कर्जा मुक्तिनाथ विकास बैंक शुन्य दशमलव ०३ प्रतिशत छ।
( विकास बैंकहरुको तुलनात्मक अध्ययन गर्दा मर्ज र एक्युजिसनको कारणले कारोवार रोकिएका वित्तिय सस्थालाई समावेश गरिएको छैन। )
नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।