बीरेन्द्र नगरपालिकाको सुर्खेत र लम्कीचुहा नगरपालिकाको लम्कीमा सिभिल बैंकले नयाँ शाखा संचालनमा ल्याई कारोबार शुभारम्भ गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले गरेका हुन् ।
सुर्खेत शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका सांसदहरु पदमबहादुर रोकाया र थम्मरबहादुर बिष्ट, बीरेन्द्रनगर उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, सिभिल बैंकका कर्णाली प्रदेशका प्रमुख शैलेश कार्की लगायतको उपस्थिति थियो ।
सुर्खेत र लम्की शाखा सहित सिभिल बैंककोे शाखा संख्या ८१ पुगेकोे बैंकले जनाएको छ ।