माछापुच्छ्रे बैंकले प्रदेश नंं १ को सुनसरी र झापा जिल्लामा थप ४ नयाँ शाखा कार्यालय विस्तार गरी कारोबार शुरु गरेकोछ । बैंकले सुनसरी जिल्लाको इनरुवा नगरपालीकास्थित इनरुवा र सोही जिल्ला कै बराहा क्षेत्र नगरपालिका स्थित चक्रघट्टीमा शाखा बिस्तार गरेको हो ।
सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरेका हुन् ।
त्यसैगरी झापाजिल्लाको भद्रपुर नगरपालिका १०, स्थितचन्द्रगढी (चाराली रोड) र मेचीनगर नगरपालिका स्थित काँकरभिट्टा शाखा कार्यालयबाट सेवा शुरु गरिएको हो ।
झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्त रुपमा उद्घाटन गरे । काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले उद्घाटन गरे ।