महालक्ष्मी विकास बैंकले नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं ८ मा कावासोतीमा नयाँ शाखा बिस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले गरिन् ।
उक्त कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए ।
हालसम्म बैंकले ९६ वटा शाखा, ३५ वटा एटिएम मार्फत आफ्ना ४ लाख ५० हजार भन्दाबढी ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।