आज जेष्ठ २९ गते शिवमको शेयर मूल्य ६६२ मा खुलेकोमा दिन भरमा ६७० को उच्च मूल्य सम्म पुगेको थियो। आज शिवमको शेयर मूल्य न्युनतम ६५६ रुपैया सम्म पुगेकोमा बजार बन्द हुँदा ६६५ प्रति कित्ता बन्द भएको थियो। आज शिवम सिमेन्टको दिन भरमा ४ करोड २५ लाख बराबरको शेयर किनबेच भएको थियो।
जेष्ठ २९ गतेको फ्लोरसिटले के देखायो ?
आज शिवम सिमेण्ट्सको फ्लोरसिट हेर्दा ५८ नम्बर ब्रोकरबाट सर्वाधिक ८९ लाख ८८ हजार बराबरको १३ हजार ६ सय १५ कित्ता शेयर बिक्री गरेको छ भने ४४ नम्बर ब्रोकरबाट सर्वाधिक ८१ लाख ६२ हजार बराबरको १२ हजार ३ सय ३५ कित्ता शेयर खरिद गरेको छ।
त्यस्तै ४५ नम्बर ब्रोकरबाट शिवम सिमेण्ट्सको ५४ लाख ९९ हजार बराबरको ८ हजार ३ सय १० कित्ता शेयर खरिद भएको छ भने ३८ नम्बर ब्रोकर बाट ४४ लाख ८३ हजार बराबरको ६ हजार ७ सय ६० कित्ता शेयर बिक्री भएको छ।
तथ्याङ्क श्रोत : डाटा एनालाईटिक्स