प्राइम लाइफ इन्स्योरेन्स बागलुङ शाखाले दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । तमानखोला गाउँपालिका वडा नम्बर १ स्याउलाका स्वर्गीय बीमित रनबहादुर रोकाको परिवारलाई इन्स्योरेन्सले दाबी भुक्तानी रकम रकम हस्तान्तरण गरेको हो ।
मृतक बीमितकि श्रीमतीलाई कम्पनीले खममाया रोकालाई १३ लाखको चेक हस्तान्तरण गरेको हो ।
प्राइम लाइफ इन्स्योेरेन्स गण्डकी प्रदेशका प्रमुख विकास अधिकारीले सो रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्स बागलुङका प्रमुख ज्ञानप्रसाद ढुङ्गानाको अध्यक्षता, अभिकर्ता रेणु केसीको स्वागत र दिपक शर्माको संचालनमा सम्पन्न भएको थियो ।
३ वर्ष पहिले वैदेशिक रोजगारको लागि विदेश पुगेका रोका बिरामी भएपछि नेपाल फर्किएका थिए । बिरामी भएर नेपाल फर्केपछि उनको उपचारको क्रममा २०७४ फागुनमा मृत्यु भएको परिवारले जनाएको छ ।