हिमालयन हाइड्रो पावर लिमिटेडले साधारण शेयर(आईपिओ) निष्काशन गर्ने भएको छ । हिमालयन हाइड्रोले रु १ सय अंकित दरका २२ लाख ५० हजार कित्ताको २२ करोड ५० लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्न लागेको हो ।
कुल निष्काशन गर्ने भनिएको कित्तामध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ ।
आईपीओ निष्काशन प्रक्रियाका लागि हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको छ । आईपिओ निष्काशन सम्बन्धी सम्झौतापत्रमा जेठ २१ गते हिमालयन हाइड्रो पावरका तर्फबाट संचालक शिवकृष्ण श्रेष्ठ र जनता क्यापिटलको तर्फबाट कार्यकारी निर्देशक विश्व सुवेदीले हस्ताक्षर गरे ।