लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले मिति २०७६ जेष्ठ २० गतेबाट लागू हुने गरी कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा टी. बर्णवाललाई नियुक्त गरेको छ ।
अभिजित घोष दस्तिदारले आफ्नो कार्यकाल पुरा गरी एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको हो ।
बि.कम.(अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन पुरा गर्नु भएका बर्णवाल नेपाल आउनु अघि एलआईसी अफ इण्डियाको डिभिजन म्यानेजरको पदमा कार्यरत थिए ।
उनले एलआईसी अफ इण्डियामा सन् १९९८ मा अधिकृतस्तरबाट आफ्नो सेवा प्रारम्भ गरी वित्त तथा लेखा, प्रशासन र मार्केटिङ विभागहरुमा २१ वर्षको कार्यानुभव संगालेका थिए ।