चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुको जगेडा कोषमा १२ अर्ब ५७ करोड ४१ लाख ४१ हजार ९ सय ६१ रुपैयाँ सञ्चिती रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको जगेडा कोषमा उक्त रकम सञ्चिती भएको देखिएको हो ।
जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको ९ महिनाको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नेपाल लाईफ इान्स्योरेन्सले ५ अर्ब ६१ करोड २४ लाख ६२ हजार २ सय ३७ रुपैयाँ जगेडा कोषमा छुट्टाएको छ । त्यसैगरी मेट लाईफ इन्स्योरेन्सको १ अर्ब ७१ करोड १४ लाख ६ हजार रुपैयाँ सञ्चिती रहेको छ भने प्राइम लाईफ इन्स्योरेन्सको १ अर्ब ११ करोड ९७ लाख २ हजार रपैयाँ जम्मा भएको छ । त्यस्तै, नेपाल लाईफ कर्पोरेशनको जगेडा कोषमा ५८ करोड ३५ लाख ४१ हजार ४ सय ३९ सञ्चिती रहेको छ ।
यस्तो छ चालु आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको जगेडा कोषमा सञ्चितीको अवस्था