एलआईसी नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बुटवल उपमहानगर पालिका वडा नं ११ निवासी सरस्वति भट्टराईको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित मृतकको परिवारलाई ११ लाख ४० हजार रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।
सरस्वति भट्टराईले बुटवल शाखाका एजेन्सी म्यानेजर हरिश्चन्द्र गौतमद्धारा १० लाख लाखको जीवन बीमा गराएकि थिईन । मृतकको २०७६ साल बैशाख ८ गते आकस्मिक रुपमा मृत्यु भएको थियो ।
एलआईसी (नेपाल)बुटवल शाखाबाट ब्रान्च म्यानेजर सुर्य बहादुर जिसी र एजेन्सी म्यानेजर हरिश्चन्द्र गौतमले संयुक्त रुपमा सो रकम मृतक बीमितको आधिकारीक ईच्छ्याईएका पति गोबिन्द प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।
बीमितले बार्षिक बीमा प्रिमियम ५९ हजार ५० रुपैयाँ गरेर दुई पटक मात्र बुझाएकि थिईन् ।