Connect IPS
IME Life

नेप्सेमा दोहोरो अंकको गिरावट, सर्वाधिक कारोबार प्रिमियर इन्स्योरेन्सको

SPIL
NIC ASIA new
Sanima Reliance

साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । शेयर बजार १३.७९ अंकले घटेर १,३०५.६८ अंकमा कायम भएको छ । होटल र उत्पादनमुलक बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुहको ५९ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६६ वटा कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर ९ हजार ८ सय ३ पटक खरिदविक्री हुँदा ७५ करोड ३२ लाख ५७ हजार २ सय ९ रुपैयाँको कारोबार भएको छ । प्रिमियर इन्स्योरेन्सको सबैभन्दा धेरै १३ करोडमाथिको कारोबार भएको छ भने सिवम् सिमेन्टको ९ करोड ३७ लाख ६६ हजार १ सय २८ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी नेपाल बैंक र प्रभु बैंकको ४ करोडभन्दा बढीको कारोबार भएको छ । अपर तामाकोशीको ३ करोडको कारोबार भएको छ । एनआईसी एशिया र कैलाश विकास बैंकको २ करोडमाथिको कारोबार भएको छ । मेगा बैंक, नेपाल टेलिकम र कन्काई विकाु बै.कको १ करोडमाथिको कारोबार भएको छ ।

कन्काई विकास बैंक र तारागाउँ रेजेन्सीका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रो, यूनिभर्सल पावर, गुडविल फाइनान्स, रिलायन्स फाइनान्स, कैलाश विकास बैंक, नेपाल सेवा लघुवित्त, वेष्ट फाइनान्स, एनएमबि सुलव इन्भेष्टमेन्ट फण्ड लगायतका शेयरधनीले कमाएका छन् ।

पाँचथर पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकका शेयरभनीले सबैभन्दा धेरै ८ प्रतिशतका दरले गुमाएका छन् । स्वदेशी लघुवित्त, हिमालयन उर्जा विकास, र्स्पस लघुवित्त, घलेम्दी हाइड्रो, सपोर्ट माइक्रोफाइनान्स, यूनाइटेट इन्स्योरेन्स लगायतका शेयरधनीले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS