चालु आर्थिक बर्ष २०७५/७६ को पुस महिनासम्ममा निक्षेप तथा कर्जा सुरक्षण कोषले १३ अर्ब ३७ करोड रुपैयाँ कर्जा सुरक्षण गरेको छ । यो कम गत आवको सोही अवधिको तुलनामा करिब ४ अर्बले बढी हो । अर्थमन्त्रालयको तथ्यांक अनुसार गत आवको सोही अवधिमा कोषले ९ अर्ब २५ करोड रुपैयाँ कर्जा सुरक्षण गरेको थियो ।
त्यस्तै, कोषले चालु आवको पुस महिनासम्ममा ५ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब साढे एक खर्बले बढी हो । गत आवको सोही अवधिमा कोषले ४ खर्ब १० अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरेको थियो । कोषले ८५ वटा बैक तथा वित्तीय संस्थाको निक्षेप सुरक्षण गरेको छ ।
सुरक्षण कोषले २ करोड २२ लाख ९० हजार ६०६ खाताको निक्षेप सुरक्षणको गरेको छ । गत आवको सोही अवधिमा कोषले १ करोड ७० लाख ८२ हजार ३८१ खाताको निक्षेप सुरक्षण गरेको छ ।