Connect IPS
IME Life

करिव ७० प्रतिशत म्युचुअल फण्डको मूल्य १० रुपैयाँ मुनी, सिटिजन्स म्युचुअल फण्ड २ लाई प्रेसर

SPIL
NIC ASIA new
Sanima Reliance

सिटिजन्स म्युचल फण्डले आफ्नो दोश्रो म्युचुअल फण्ड सिटिजन्स म्युचुअल फण्ड २ यही जेष्ठ ९ गते देखि १० करोड ईकाई निस्काशन गरेको थियो। १० करोड ईकाई मध्य ८ करोड ५० लाख ईकाई सर्वसाधारणलाई निस्काशन गरिएको थियो ।

जेष्ठ १३ गते सम्म सम्पूर्ण ईकाईमा आवेदन नपरेर असार ८ गते सम्म समय थपिएको छ ।

Prabhu
Crest

अहिले म्युचल फण्डमा लगानीकर्ताको रुची दिन प्रतिदिन घट्दै छ । यसको पछाडीको मुख्य कारण भनेको दोश्रो बजारमा कारोवार हुने म्युचुअल फण्डको अवस्था!

हाल १३ वटा म्युचुअल फण्डका ईकाईहरु दोश्रो बजारमा कारोवार हुने गरेकोमा ९ वटा म्युचुअल फण्डकोे मूल्य १० रुपैया भन्दा कम छ ।

१३ म्युचुअल फण्ड मध्य सबै भन्दा धेरै बजार मूल्य एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड १ को छ । उसको प्रति ईकाई बजार मूल्य १० रुपैयाँ ८० पैसा छ ।

सिटिजन्स म्युचुअल फण्ड को पहिलो म्युचुअल फण्डको बजार मूल्य पनि १० रुपैयाँ भन्दा मुनि छ । जेठ १६ गतेको बजार मूल्यलाई आधार मान्दा सिटिजन्स म्युचुअल फण्ड १ को प्रति ईकाई बजार मूल्य ९ रुपैँया ९५ पैसा छ ।

“नेपालमा रहेको म्युचुअल फण्डलाई लगानीको क्षेत्र फराकिलो भएन , दोश्रो बजारमा पुरै निर्भर हुनु पर्यो , ७० प्रतिशत म्युचुअल फण्ड को प्रति ईकाई मूल्य १० भन्दा मुनी छ भने लगानीकर्तालाई पैसो हाल्न कँहा मान्छन“ इन्स्योरेन्स खबरसंग कुरो गर्दै एक लगानीकर्ताले भने ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS