नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले मृतक बीमित साँखुली निवासी टोप बहादुर थापाको श्रीमती भगवती थापालाई कम्पनीले २ लाख १४ हजार ६५ रुपैयाँ दाबी भुक्तानी गरेको हो । मृतक बीमितको जन्डिस लागेर बिरामी भै उपचारको क्रममा मृत्यु भएको थियो ।
कम्पनीले जेठ १६ गते एक कार्यक्रमका बीच बीमितको स्थाई घर रहेको स्थान भानु – ३, तनहुँमा निजकै घरदैलोमा गई बीमित मृतक थापाकी धर्मपत्नी भगवतीथापा लाइ सो दाबी भुक्तानी गरेको हो ।
नेपाल लाइफका दमौली शाखा प्रमुख बिष्णु बहादुर अधिकारी, मुक्तिनाथ बिकास बैंकका इश्वर सापकोटा तथा बेद प्रसाद ढकालले संयुक्त रुपमा मृतकपत्नी भगवती थापालाई दाबी रकम बापतको चेक हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा नेपाल लाईफ दमौली शाखाका शाखा प्रबन्धक बिष्णु बहादुर अधिकारी, मुक्तिनाथ विकास बैंक डुम्रेका शाखा प्रमुख इश्वर सापकोटा , मुक्तिनाथ विकास बैंक साना तथा लघु बैंकिंगका डुम्रे प्रमुख बेद प्रसाद ढकाल, तथा बैंकका कर्मचारी पुष्पराज जोशी स्थानिय जनता, मृतकका आफन्त, जनप्रतिनिधी तथा सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो।