पोखरा फाइनान्सले कास्कीको पर्यटकीयस्थल घान्द्रुकमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । पदयात्रा पर्यटन एवं हिमाली दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा परेको घान्द्रुकमा पर्यटक, स्थानीयवासी एवं पर्यटन व्यवसायीलाई लक्षित गरी काउन्टर सञ्चालनमा ल्याइएको हो ।
काउन्टर उद्घाटन कार्यक्रममा घान्द्रुक रोधी क्लबका अध्यक्ष पूर्णप्रसाद गुरुङ, अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना घान्द्रुकका कार्यालय प्रमुख विदुर कुइँकेल, मेश्रम बराह माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर सुवेदी लगायतले गरे । सो अवसरमा स्थानीय पर्यटन व्यवसायी एवं पर्यटक लाभान्वित बन्ने विश्वास व्यक्त गरे ।
हालसम्म फाइनान्सले १९ वटा शाखा सञ्चालन गरी आफ्ना ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । साथै, संस्थाले निक्षेप सङ्कलन पाँच अर्ब ९५ करोड रहेको छ । चाँडै नै काठमाडौँको गोंगबु र ललितपुरको मानभवनमा दुई वटा शाखा थप गर्न लागेको संस्थाले जनाएको छ ।