प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमालेख लिन, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु लिनसक्ने छन् ।
सम्झौताभए सँगै बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।