हाल नेपालमा संचालित ४० बीमा कम्पनीहरु मध्ये जीवन बीमामा १९ वटा , निर्जिवन बीमा २० र पुर्नबीमा कम्पनी १ वटा रहेको छ ।
बीमकहरुलाई स्वामित्वको आधारमा सरकारी, निजी, विदेशी शाखा र सयुंक्त लगानी गरि चार किसिमले विभाजन गरिएको छ । संयुक्त लगानीमा लाईफ इन्स्योरेन्स कर्पोशन नेपाल र सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । विदेशी शाखाहरुमा मेट लाईफ इन्स्योरेन्स , नेशनल लाईफ इन्स्यारेन्स, ओरिएण्टल इन्स्योरेन्स कम्पनी रहेको छ ।
सङख्याको आधारमा
सरकारी स्वामित्वमा राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । त्यस्तै निजि क्षेत्रमा १६ वटा जीवन बीमा कम्पनी र १६ वटा निर्जिवन बीमा कम्पनी रहेका छन् ।
त्यस्तै विदेशी शाखाहरुमा दुईवटा निर्जिवन बीमा कम्पनी रहेको छ भने एक जीवन बीमा कम्पनी पनि रहेको छ । संयुक्त लगानीमा जीवन बीमा मार्फत एक निर्जिवन बीमा मार्फत एक र पुर्नबीमा कम्पनी एक रहेको छ ।