एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच बीमा सेवा संझौतापत्रमा हस्ताक्षर भएको छ ।
संझौतापत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात एक्सेल डेभलपमेन्ट बैंकको ३० वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।