कामना सेवा विकास बैंकले भरतपुर महानगरपालिका स्थित भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र नेशनल सिटी हस्पिटलसँग औषधी तथा उपचारमा विशेष छुट पाउने गरि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र भरतपुर सेन्ट्रल हस्पिटलको तर्फबाट कार्यकारी निर्देशक श्री शोभाखर घिमिरे र नेशनल सिटी हस्पिटलका तर्फबाट हस्पिटल प्रबन्धक श्री बिक्रम अधिकारीले हस्ताक्षर गरेका थिए ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।