मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई कतार एयरवेजले हवाई यात्रामा विशेष छुट दिने भएको छ । उक्त सम्बन्धमा मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुरुपका कन्ट्री म्यानेजर महम्मद ई इमामबीच मेगा बैंकका ग्राहकहरुलाई कतार एयरवेजको हवाई सेवामा छुट दिने सम्झौता भएको हो ।
सम्झौता पछि कतार एयरवेजले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छुट दिने भएको छ । यस्तो छुट कतार एयरवेजको उडान हुने १ सय ६० वटै देशमा लागू हुने जनाएको छ ।
कतार एयरवेजको काठमाडौँको हात्तीसारस्थित कर्पोरेट कार्यालयबाट ग्राहकहरुले मेगा बैंकको कार्ड प्रयोग गरेर टिकट लिन सक्नेछन् । यसका साथै मेगा स्मार्ट मोबाइल बैंकिङमार्फत पनि मेगा बैंकका ग्राहकहरुले टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ ।