नेपाल स्टक एक्सचेञ्जमा कारोवार हुने २२ बीमा कम्पनी मध्य १३ बीमा कम्पनीले अझै आफ्नो पूँजीको लक्ष्य हासिल गर्न बाँकी छ। जसमा ९ निर्जीवन बीमा कम्पनी छन् भने ४ जीवन बीमा कम्पनी छन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी१ अर्ब पुर्याउने लक्ष्य दिएको थियो भने जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब पुर्याउने लक्ष्य दिएको थियो ।
जीवन बीमा कम्पनीको अवस्था के छ ?
प्राईम लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी १२ प्रतिशतले वृद्धि गर्न बाँकी छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले अझै आफ्नो पुँजी ३४ प्रतिशतले वृद्धि गर्न बाँकी छ।
सूर्या लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १३ करोड रुपैया छ । कम्पनीले अझै आफ्नो पूँजी ७७ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । सूर्या लाईफ इन्स्योरेन्सलाई ७० प्रतिशत हकप्रद शेयर दिने प्रक्रियामा छ । सो हकप्रद अनुसार कम्पनीको पूँजी १ अर्ब ९२ करोड पुग्ने छ । त्यसपछि पनि कम्पनीले करिव आफ्नो पूँजी ४ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ ।
त्यस्तै, सबै भन्दा धेरै पूँजी पुर्याउन बाँकी गुराँस लाईफ इन्स्योरेन्सको छ । गुराँस लाईफले अझै ११३ प्रतिशतले आफ्नो पूँजी वृद्धि गर्नु पर्ने छ । कम्पनीले फेरी शत प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रक्रियामा छ। शत प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी १ अर्ब ८७ करोड पुग्ने छ।
निर्जीवन बीमा कम्पनीको अवस्था के छ ?
आईएमई जनरल इन्स्योरेन्सको अहिलेको पूँजी ९७ करोड २० पुगेको छ। कम्पनीले अझै ३ प्रतिशत पूँजी वृद्धि गर्नु पर्ने छ ।
त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको पूँजी क्रमश १३ प्रतिशत र १५ प्रतिशतले वृद्धि हुन् बाँकी छ ।
लुम्बीनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रक्रियामा छ। सो हकप्रद प्रस्ताव पश्चात कम्पनीको पूँजी १ अर्ब पुग्ने छ।
त्यस्तै, एन एल जी इन्स्योरेन्स र प्रुडियन्सल इन्स्योरेन्सले अझै आफ्नो पूँजी ५६ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ ।
एन एलजी इन्स्योरेन्स ६० प्रतिशत हकप्रद निस्काशन गर्ने प्रक्रियामा छ। सो हकप्रद पश्चात कम्पनीको पूँजी १ अर्ब पुग्ने छ।
प्रिमियर इस्न्योरेनस र सगरमाथा इन्स्योरेन्सले क्रमश ७१ प्रतिशत र ८६ प्रतिशत आफ्नो पूँजी वृद्धि गर्न बाँकी छन ।
प्रमियर इन्स्योरेन्सले गत वर्ष निस्काशन गरेको एफ पी ओको प्रिमियम बाट बोनस शेयर दिदै पूँजी पुर्याउने देखिन्छ ।
सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेकोमा सो बोनस शेयरलाई साधारण सभाले पारित गरे पश्चात कम्पनीको पूँजी १ अर्ब पुग्ने छ।
त्यस्तै युनाईटेड इन्स्योरेन्सको पूँजी २३१ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ । युनाईटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद शेयर दिने प्रक्रियामा छ । उक्त हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब पुग्ने छ ।
रास्ट्रीय बीमा कम्पनीले आफ्नो पूँजी २७५ प्रतिशतले वृद्धि गर्न बाँकी छ।