Connect IPS
IME Life

अर्थमन्त्री र बेलायती मन्त्रीबीच भेटवार्ता

SPIL
NIC ASIA new
Sanima Reliance

अर्थमन्त्री डा. युवराज खतिवडासँग बुधबार बेलायतको अन्तर्रा्ष्ट्रिय विकास विभाग मन्त्री बरोनबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्र, राजनीति स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिका बारेमा छलफल भएको हो । उहाँले हालै सम्पन्न लगानी सम्मेलनमा बेलायती सरकारको तर्फबाट सदासयता देखाएकोमा खशी व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

बेलायती सरकार दिपक्षिय दातृ निकायहरु मध्ये सबैभन्दा ठुलो दातृ निकाय भएकोमा धन्यावद दिर्दै आगामी दिनमा पनि सहायता निरन्तरता रहने, वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउँने तर्फ सरकार सजग रहेको स्पष्ट पारेका थिए । । भेटमा मन्त्री खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै सरकारको ध्यान केन्द्रित रहेको बताए ।

Prabhu
Crest

भेटमा बेलायती मन्त्रीले दोहोरो कर प्रणाली मुक्ति सम्बन्धी सम्झौता निर्माणको चरणमा रहेको अवगत गराएका थिए। उहाँले नेपाल संघीयता कार्यान्वयनको चराणमा रहेको भन्दै बेलायती सरकार सहकार्य र सहयोग गर्ने प्रतिवद्ध व्यक्त गरेका थिए । नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार सहयोगका लागि सदैव तत्पर रहेको धारणा राखेका थिए ।

उहाँले प्रस्तावित वैदेशिक सहायता नीतिले गैरसरकारी संस्थालाई समेत समेट्ने विश्वास व्यक्त गरेका थिए । भेटमा बेलायती मन्त्रीले नेपालबाट समावेशीताको सिको विश्वले गर्नुपर्ने भन्दै सफल रुपमा सघीयता कार्यान्वयनको चरणनलाई खुलेरै प्रशंशा गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS