IME Life
GBIME

नेप्से ७ अंकले बढ्यो, ९६ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
NLIC

बुधवार शेयर बजारमा हरियाली छाएको छ । नेप्से ७.४९ अंकले बढेर १,३१९६३ अंकमा कायम भएको छ । उत्पादनमुलक र म्युचल फण्ड बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर समुह ६८ अंकले बढेको छ ।

कारोबार शुरू भएको १ घन्टामा नेप्से ८ अंकले बढेर १,३२०.९६ अंकमा कायम भइको थियो भने कारोबारको अन्त्यमा ७ अंकले बढेर १,३१९.६३ अंकमा कायम भएको छ।

Crest

दिनभरिमा १ सय ७१ वटा कम्पनीको ३ लाख ४३ हजार ६९ हजार ३७ कित्ता शेयर १२ हजार ४ सय २२ पटक खरिदविक्री हुँदा ९६ करोड ६६ लाख ९३ हजार २ सय ४९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंक, प्राइम कमर्सियल बैंक र शिवम् सिमेन्टको ६ करोडमाथिको कारोबार भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसुचक १ दशमलव ३५ अंकले बढेर २ सय ८१ दशलमव २७ अंकको बिन्दुमा कायम भएको छ ।

त्यसैगरी सानिमा माई हाइड्रो, अपर तामाकोशीको ४ करोडमाथिको कारोबार भएको छ भने वुटवल पावरको ४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । कृषि विकास बैंकअपी पावर र ओरेन्टल होटलको ३ करोडभन्दा बढीको कारोबार भएको छ ।

अरुण भ्याली हाइड्रोका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले माएका छन् भने घलेम्दी हाइड्रोका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS