नेशनल बैंकिङ ईन्स्टिच्यूट(एनबीआई) र ज्योति विकास बैंकबीच कर्मचारीहरुलाई विद्युतीय परीक्षा दिने सम्बन्धी सम्झौता भएको छ ।सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रामहरी आचार्य र ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक हरेन्द्रजंग थापाले हस्ताक्षर गरे ।
उक्त सम्झौता पछि एनबीआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकमा कार्यरत ६ सय जना कर्मचारीहरुको लागि अनलाइन परीक्षा लिने छ ।सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्ने र बैंकिङ ज्ञान बढाउने बैंकले गरेको छ ।