बीमा क्षेत्र मार्फत राज्यलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीमा पुर्नबीमा कम्पनी रहेको छ । गत बर्ष नेपाल पुनर्बीमा कम्पनी बीमा कम्पनीहरुतर्फ राज्यलाई सबैभन्दा बढी कर तिर्ने संस्था हुन पनि सफल रहेको थियो । सरकारले सातौं कर दिवसमा नेपाल नेपाल पुनर्बीमा कम्पनीलाई सम्मान पनि गरेको थियो ।
बीमा व्यवसायले राज्यलाई कर तिर्ने हिसाबमा समेत महत्वपूर्ण वित्तिय व्यवसायको रुपमा प्रमाणित हुँदै गएको थियो । आ।व २०७२/७३ मा निर्जिवन बीमा व्यवसाय तर्फ सबैभन्दा धेरै २ अर्ब ७९ करोड , जीवन बीमा व्यवसाय तर्फ १ अर्ब ५८ करोड र नेपाल पुर्नबीमा कम्पनीले ३० करोड ६८ लाख कर भुक्तानी गरेकोमा त्यस्तो रकम बढ्दै गई अघिल्लो बर्षमा केही सुधार भएको देखिन्छ ।
आर्थिक बर्ष २०७४/७५ मा निर्जिवन बीमा कम्पनी मार्फत ३ अर्ब ८८ करोड, जीवन बीमा व्यवसाय तर्फ २ अर्ब ४२ करोड र नेपाल पुर्नबीमा कम्पनीले ८७ करोड ७३ लाख कर तिरेको छ ।
तुल्नात्मक रुपमा निर्जिवन बीमा कम्पनीहरु कर तिर्ने हिसाबमा अग्रणी देखिएको छन् भने एउटै मात्र कम्पनी भए तापनि राज्यको समेत प्राथमिकतामा परेको नेपाल पुर्नबीमा कम्पनीले सम्रगमा रामै वृद्धि गरेको देखिन्छ