IME Life

के तपाईले भर्खरै राष्ट्रसेवकमा नियुक्त पाउँनु भएको छ ? तपाईले पनि बीमा सुविधा लिन सक्नुहुनेछ !

SPIL
NIC ASIA new
Sanima Reliance

२०७५ साल पछि नयाँ नियुक्त पाएका राष्ट्रसेवकहरु पनि राष्ट्रसेवक कर्मचारी सावधिक जीवन बीमामा सहभागी हुन पाउँने भएका छन् । नयाँ नियुक्ती पाएका राष्ट्रसेवकले विलम्ब शुल्क भुक्तानी गरी २०७५ साउन देखि नै बीमालेखको सुविधा पनि लिन पाउँने छन् भने साधारण बीमशुल्क भुक्तानी गरी आगामी साउन देखि बीमा सुविधा लिन पाउँनेछन् ।

नागरिक लगानी कोष मार्फत राष्ट्रिय बीमा संस्थानमा गरिएको राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा व्यक्तिगत रुपमा पनि रुपान्तरण गर्न सकिनेछ । चालु आर्थिक बर्ष २०७५/७६ मा अवकाश पाउँने कर्मचारीले २०७५ साउन एक गतेसम्ममा बीमालेख व्यक्तिगत रुपमा परिणत गरिसक्नुपर्नेछ ।

Prabhu
Crest

त्यस्तै, बीमालेख समर्पण गर्न चाहनेलेलाई चालु आवको जेठ मसान्त भित्रमा नागरिक लगानी कोषबाट भुक्तानी दिईनेछ भने साउन १ गते देखि भने राष्ट्रिय बीमा संस्थानबाट नै प्रदान गरिनेछ । यदि कुनै पनि राष्ट्रसेवकको उमेर अनुसार नागरिक लगानी कोषमा बीमाशुल्क संकलन नभई राष्ट्रिय बीमा संस्थानमा दाखिल भएको छैन भने कम्पनी दावी भुक्तानीको लागि जिम्मेवार हुने छैन ।

नेपाल सरकारको आव २०७५/७६ को बजेट वक्तब्यमा उल्लेख भए बमोजिम सबै राष्ट्रसेवक कर्मचारीलाई सावधिक जीवन बीमा योजनामा सहभागी गराउँने घोषणा गरेको थियो । जस अनुसार मन्त्रिपरिषद्को २०७५ मंसिर ३ को निर्णय अनुसार राष्ट्रसेवक कर्मचारीहरको सावधिक जीवन बीम सञ्चालन कार्यविधि २०७५ स्वीकृति भई कार्यन्वयनमा आईसकेको छ । यस बीमा योजनामा निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र सामुदायिक विद्यालयका स्थायी शिक्षकहरु सभागी हुनेछन् । यो बीमा योजना २०७५ साउन १ गते देखि सञ्चालन भई रहेको छ ।

यस बीमा योजना अनुसार ५० बर्षसम्मको राष्ट्रसेवकको २० बर्षे बीमा योजनाका लागी ९ हजार ६०० बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । ५१ बर्ष उमेरकोलाई १९ बर्षका लागि १० हजार १०५ भुक्तानी गर्नुपर्नेछ । ५२ बर्ष उमेरको लागि १८ बर्षे बीमा योजनाका लागी १० हजार ६६७ भुक्तानी गर्नुपर्नेछ ।

५३ बर्षे उमेरको राष्ट्रसेवकले १७ बर्ष अवधिको बीमा गर्दा ११ हजार २९४ रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । ५४ बर्ष उमेरको लागि १६ बर्षको बीमा गर्दा १२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । ५५ उमेरको राष्ट्रसेवकको लागि १५ बर्षको बीमा गर्दा १२ हजार ८०० रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ ।

५६ बर्षको मानिसको लागि १४ बर्षको बीमा गर्दा १३ हजार ७१४ रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । ५७ बर्ष उमेरको लागी १३ बर्षको लागि बीमा गर्दा १४ हजार ७६९ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । ५८ बर्ष उमेरको लागि १२ बर्षको लागि बीमा गर्दा १६ हजार भुक्तानी गर्नुपर्नेछ भने ५९ बर्ष उमेरको लागि ११ बर्षे बीमा अवधिको लागि १७ हजार ४५५ रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS