आइएमई लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम १९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ५० करोड २१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीको खुद बीमा शुल्क आर्जन रकम ८९ प्रतिशतले वृद्धि हुँदै ४८ करोड ४१ लाख पुगेको ४१ लाख छ ।
कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ९ करोड ६० लाख खुद नाफा गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ १५ पैसा रहेको छ ।