लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसीएन )ले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम ९६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ८ अर्ब ८३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।
कम्पनीको खुद बीमा शुल्क आर्जन रकम २६ प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ७९ करोड पुगेको छ। कम्पनीले जारी गरेको बीमा लेख संख्या ३ प्रतिशतले घटेको छ।
कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १० करोड ७१ लाख खुद नाफा गरेको छ। कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ५६ पैसा रहेको छ।
कम्पनीको जगेडा कोषको आकार ६२ प्रतिशतले वृद्धि भएर ५८ करोड ३५ लाख पुगेको छ भने जीवन बीमा कोषको आकार २७ प्रतिशतले वृद्धि भएर ५१ अर्ब ४८ करोड पुगेको छ।