राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म १ अर्ब १२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ७६ करोड ९० लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम ४६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कम्पनीले ३० करोड ३३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम ६९ प्रतिशतले वृद्धि भएको छ ।
९ महिनाको अवधिमा कम्पनीले ५८ करोड ४८ लाख खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा २७ प्रतिशतले मात्र वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २९२ रुपैयाँ ४५ पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २३० रुपैयाँ ६९ पैसा थियो ।
कम्पनीको जगेडा कोषमा २ अर्ब ३६ करोड रुपैयाँ संचित छ। कम्पनीको जगेडा कोष १७ प्रतिशतले वृद्धि हुन सफल भएको छ। कम्पनीको बीमा कोष भने २६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ६४ करोड पुगेको छ ।
कम्पनीको कुल दावी भुक्तानी रकम ५ करोड ३४ लाख छ भने खुद दावी भुक्तानी रकम ५ करोड ३४ लाख रहेको छ।