सिटिजन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीको हाल पूँजी १ अर्ब ७५ करोड रहेको छ । कम्पनीको जगेडा कोषमा २१ करोड ११ लाख रुपैयाँ संचित छ । जगेडा कोषको आकार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास भन्दा १६० प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष ८६४ प्रतिशतले वृद्धि हुँदै ४० करोड ४७ लाख पुगेको छ ।
कम्पनीले तेश्रो त्रैमास सम्म ६७ करोड ८१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ६५ करोड ५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम २५० प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले ३८ हजार २ सय ८७ बीमा लेख जारी गरेको छ । कम्पनीले तेश्रो त्रैमास सम्म १२ करोड १४ लाख खुद नाफा गरेको छ ।