युनियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । नयाँ जीवन बीमा कम्पनी मध्य आक्रामक रुपमा युनियन लाईफ इन्स्योरेन्स अघि बढेको छ। छोटो समयमै जीवन बीमा कोषको आकारलाई १ अर्ब माथि पुर्याउन कम्पनीको ठुलो सफलता रहेको छ।
कम्पनीको हाल पुँजी १ अर्ब ५० करोड रहेको छ । कम्पनीको जगेडा कोषमा १६ करोड ८९ लाख रुपैया संचित छ । जगेडा कोषको आकार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास भन्दा १०४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष ५८० प्रतिशतले वृद्धि हुँदै १ अर्ब २७ करोड पुगेको छ ।
कम्पनीले तेश्रो त्रैमास सम्म १ अर्ब ७१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब ६२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। कुल बीमा शुल्क आर्जन रकम ६३८ प्रतिशतले वृद्धि भएको छ भने खुद बीमा शुल्क आर्जन रकम ३१७ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको बीमा लेख संख्यामा १४९ प्रतिशतको वृद्धि देखिएको छ। कम्पनीले तेश्रो त्रैमास सम्म १० करोड ६० लाख खुद नाफा गरेको छ । प्रति शेयर आम्दानी ९ रुपैया ३९ पैसा छ । (वार्षिकरण)