हिमालयन बैंकको तेश्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब ३३ करोड रुपैयाँ छ। कम्पनीले यही प्रगति अन्तिम त्रैमास सम्म गरेमा कम्पनीको वार्षिक वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ आऊँछ।
कम्पनीको चुक्ता पुँजी ८ अर्ब ५२ करोडको आधारमा कम्पनीले २० दशमलव ८९ प्रतिशत लाभांस दिने सक्ने क्षमता बनाएको छ ।
कम्पनीको वितरण योग्य मुनाफा कम्पनीले शेयर धनीलाई लाभांसको रुपमा बाड्न सक्छ । अन्तिम त्रैमास सम्म कुनै अन्य शिर्षकमा रकम व्यवस्थापन गर्न नपरेमा र चौथो त्रैमास सम्म अहिलेकै प्रगतिलाई कायम राखेमा कम्पनीले २० प्रतिशतको हाराहारीमा लाभांस दिन सक्छ । तेश्रो त्रैमास सम्म कम्पनीको शेयर प्रिमियम शिर्षकमा कुनै पनि रकम छैन ।
नोट : कम्पनीले प्रदान गर्न सक्ने लाभांस उपलब्ध तथ्यांकको आधारमा अनुमान गरिएको हो । निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ।