युनाईटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म ३५ करोड ५५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ३८ करोड ४९ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम ८ प्रतिशतले कम भएको छ । त्यस्तै कम्पनीले २३ करोड ८२ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम ४ प्रतिशतले कम भएको छ ।
९ महिनाको अवधिमा कम्पनीले ७ करोड ५५ लाख रुपैया खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा १८ प्रतिशतले कम भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ३३ रुपैयाँ २९ पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा ४० रुपैयाँ ५६ पैसा थियो ।
कम्पनीको जगेडा कोषमा ८ करोड १८ लाख रुपैयाँ संचित छ, गत वर्ष कम्पनीको जगेडा कोष ऋनात्मक थियो। कम्पनीको बीमा कोष भने ४१ प्रतिशतले वृद्धि हुँदै ३४ करोड ८ लाख पुगेको छ ।
कम्पनीको कुल दावी भुक्तानी रकम २३ करोड ६७ लाख छ भने खुद दावी भुक्तानी रकम १४ करोड ५३ लाख रहेको छ। दावी भुक्तानीमा त्यस्तो ठुलो परिवर्तन देखिएको छैन।
कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम ७० प्रतिशतले कम भएको छ। कम्पनीको तेस्रो त्रैमासको विवरण अनुसार कम्पनीले २४ करोड ६३ लाख रकम भुक्तानी हुन् बाँकी छ ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा कम्पनीले अझै आफ्नो पुँजी २३० प्रतिशतले वृद्धि गर्न बाँकी छ। कम्पनीले २४० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रक्रियामा छ। उक्त हकपरद पश्चात कम्पनीको पुँजी १ अर्ब पुग्ने छ।
कम्पनीको प्रकाशित किताबी मूल्य २३९ रुपैयाँ ७७ पैसा छ।