युनाइटेड इन्स्योरेन्स कम्पनी र सिन्धु बिकास बैंक लिमिटेडबीच बीमा सेवा सम्झौता भएको छ ।
सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले युनाइटेड इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सहितका सम्पूर्ण सुविधाहरु सिन्धु बिकास बैंकका शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।