सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौता भए पश्चात ग्राहकहरुले सनराइज बैंकका देशभरीका शाखाबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन्।