हाम्रो विकास बैंकलाई प्राप्त गरे पश्चात ज्योति विकास बैंकले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । हाम्रो विकास बैंकलाई प्राप्त गरे पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब १० करोड छ भने जगेडा कोषमा ६३ करोड ४१ लाख संचित छ। जगेडा कोष ५० प्रतिशतले वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ५१ प्रतिशतले वृद्धि हुँदै ८० करोड ८ लाख पुगेको छ ।
कम्पनीको खुद नाफा २८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २८ करोड ५३ लाख खुद नाफा गरेको छ भने कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैया २७ पैसा छ। कम्पनीको मूल्य आम्दानी अनुपात ११ दशमलव ५७ गुणा छ ।
निक्षेप संकलन ८१ प्रतिशतले वृद्धि हुँदै २७ अर्ब २० करोड पुगेको छ भने कर्जा प्रवाह ७३ प्रतिशतले वृद्धि गर्दै २३ अर्ब ९० करोड पुगेको छ ।
तेश्रो त्रैमास सम्म कम्पनीले १० करोड ९८ लाख प्रोभिजन गरेको छ भने कुनै पनि रकम राईट व्याक गरेको छैन । कम्पनीले गरेको प्रोभिजन रकम ८३ प्रतिशतले वृद्धि भएको छ ।