Connect IPS
IME Life

बोनसबाट पूँजी पुर्याउन नसक्ने भएपछि हकप्रदबाट पूँजी पुर्याउँदै, लुम्बिनी जनरल र एनएलजी इन्स्योरेन्स

SPIL
NIC ASIA new
Sanima Reliance

निर्जीवन बीमा कम्पनीहरुले बोनस बाँड्न नपाए पछि धामाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् । कम्पनीहरुले दाबी भुक्तानी बापत ठूलो रकम प्रोभिजनमा राख्नुपर्ने भएपछि कम्पनीहरुको नाफा घट्ने भएको हो । नाफा घटेपछि कम्पनीहरुले योजना अनुसार बोनस बाड्न नपाउँने भएका हुन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत बैशाख २५ गते बिशेष साधारण सभा आवहन गरेको छ । कम्पनीले चुक्ता  पूँजी बढाउँन लागि २० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित सभा डाकेको हो । कम्पनीको चुक्ता पूँजी ८८ करोड रुपैयाँ छ भने समितिले तोकेको पूँजी पुर्याउँन कम्पनीलाई अझै १२ करोड रुपैयाँ अपुग भएको छ । कम्पनीले बीमा दावी बापतको ठूलो रकम प्रोभिजन राख्नुपर्ने भएपछि कम्पनीले हकप्रद वितरण गर्ने निर्णय गरेको हो । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले आगामी जेष्ठ १४ गते बिशेष साधारण सभा बोलाएको छ । कम्पनीको चुक्ता पूँजी बृद्धि गर्न ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारीत गर्न उक्त दिन बिशेष साधारण सभा बोलाएको हो । कम्पनीले बोनस वितरणबाट समितिले तोकेको न्युनतम पूँजी पुर्याउँन नसक्ने भएपछि हकप्रद जारी गर्ने तयारी गरेको हो ।

Prabhu
Crest

कम्पनीको चुक्ता  पूँजी ६४ करोड ४ लाख रुपैयाँ छ । समितिले तोके अनुसार चुक्ता पूँजी बढाउँन कम्पनीले अझै ३६ करोड रुपैयाँ थप गर्नुपर्ने भएको छ ।

बीमा समितिले २०७५ असार भित्रमा जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ पूँजी कायम गर्न निर्देशन दिएको थियो । तर, कम्पनीहरुले समयमा नै पुँजी कायम गर्न नसकेपछि समितिले दुई पटकसम्म तीन/तीन महिना थप गरेको थियो । तर, समितिले कम्पनीहरुको वित्तीय विवरणमा एनएफआरएस व्यवस्था गरेपछि कम्पनीहरुले समयमा नै वित्तीय विवरण तयार पार्न नसकेकोले साधारण गर्न कठिनाई भएको गुनासो गरेका थिए । साधारण सभा नै नभएपछि कम्पनीहरुले  पूँजी कायम गर्न नसकेको समितिको ठम्याई छ । तर, साधारण सभा पछि पनि कम्पनीहरुले पूँजी कायम नगरे समितिले कडा निर्देशन दिने चेतावनी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS