सिद्धार्थ बैंक लिमिटेडले २६ लाख रुपैयाँ बीमा सुविधा सहितकोे नयाँ बचत खाता जीवन सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ ।
बैंकले अधिकतम ब्याजदरमा बचत सँगै बीमा सुविधाको पनि फाइदा गर्ने उद्देश्यले यो बचत खाता सञ्चालनमा ल्याएको हो ।
घरबाटै अनलाइन पनि खोल्न सकिने यस खाताका प्रमुख आकर्षणहरूमा, २६ लाख रुपैयाँ सम्मको बीमा योजना, नेपाल तथा भारतमा गरिने उपचार खर्च बीमा योजना, पूर्ण शारीरिक अशक्तता र दुर्घटना मृत्यु बीमा योजना, १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा योजना र नेपालभर रहेका जुन सुकै बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने विशेषताहरु रहेका छन् ।
२६ लाखको आकर्षक बीमा सुविधा सहित सिद्धार्थ बैंकले ल्यायो “जीवन सुरक्षा बचत खाता ”
![](https://insurancekhabar.com/wp-content/uploads/2019/05/823-1556888099Jeevan-Surksha-mnemonic-and-logo-01.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)