सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स बीच बीमा सम्झौता भएको छ । सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रबन्धक राजु के.सी. र पोखरा फाइनान्सको तर्फबाट डेपुटी सिईयो राजु मोहन भट्टराईले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु पोखरा फाइनान्सका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।