सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४/७५ का लागि बोनसदर घोषणा गरेको छ । गत आइतबार बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले बोनसदर घोषणा गरेको हो ।
कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३८ रुपैयाँ देखि अधिकत्तम ७३ रुपैयाँ बोनसदर घोषणा गरेको हो । बीमा अवधि ३० बर्ष भन्दा माथि भएका बीमा योजनाका लागि कम्पनीले ७३ रुपैयाँ बोनस कायम गरेको छ ।
सो आवको आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्यांकन सम्बन्धी प्रतिवेदनबाट कम्पनीले नयाँ बोनसदर घोषणा गरेको हो । यो बोनसदर गत असारसम्मका बीमितलाई मात्र लागू हुनेछ । साथै, कम्पनीको आगमी वित्तीय मुल्यांकन नभएसम्म यो अन्तिम बोनसदरको रुपमा रहने छ ।