सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमित २१ वर्षीय निकेश गर्तौलाको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको छ । गर्तौलाको वैदेशिक रोजगारीको क्रममा संयुक्त राज्य इमिरेटसको दुबइमा पुष २७ गते आकस्मिक निधन भएको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाबाट मृतकका बुबा चेतनाथ गर्तौलालाई बीमा रकम भुक्तानी गरेको हो। बीमित मृतकको परिवारलाई कम्पनीले मृत्यु दाबी भुक्तानी वापत १४ लाख रूपैयाँ भुक्तानी गरेको हो ।
साझा मञ्च मिडियाका सम्पादक एवम् वरिष्ठ पत्रकार गोपाल काफ्ले र आर्थिक पत्रकार मञ्च झापाका अध्यक्ष अग्रज पत्रकार रोहित काफ्ले र कम्पनीका शाखा प्रबन्धकले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका हुन् ।
सिटिजन लाइफ इन्स्योरेन्सले ७० वटा शाखाबाट देशैभरी जीवनबीमाको सेवा उपलब्ध गराउँदै आएको छ ।