Connect IPS
IME Life

सिटिजन लाइफद्वारा मृतकको परिवारलाई बीमा वापतको १८ लाख रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

सिटिजन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी वापत १८ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको हो । कम्पनीले दुबईमा बसोबास गर्दै आएका बीमित गोकर्ण खत्रीको असामयिक निदन भएको कारण निजको श्रीमतीलाई उक्त्त रकम भुक्तानी गरेको हो ।

घातक रोग अन्तर्गतको ब्रेनट्युमर भएपश्चात मृतक स्वयमलाई कम्पनीले उपचारको लागि र ५लाख प्रदान गरेको थियो। उपचारको क्रममा निजको मृत्यु भएपछि कम्पनीले मृतकका श्रीमती जानकि दांगीलाई १३ लाख प्रदान गरेको छ ।

Prabhu
Crest

दुबईमा घातक रोगको उपचार गराउँदै आएका खत्री थप उपचारको लागि नेपाल आएका थिए । अपरेशनकै क्रममा मृत्यु भएको खत्रीको परिवारलाई कम्पनीले मृत्यु पश्चात् दाबी भुक्तानी स्वरुप १३ लाख रुपैयाँ र यस अघि उपचारको लागि ५ लाख गरी कुल १८ लाख हस्तान्तरण गरेको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौड्यालले सो रकम हस्तान्तरण गरेका हुन् ।

ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ ।

जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन, भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS