Connect IPS
IME Life

प्राईम लाईफ इन्स्योरेन्सको बीमाशूल्क १८ प्रतिशतले बढ्यो, जगेडा कोष १ अर्ब भन्दा माथि

SPIL
NIC ASIA new
Sanima Reliance


प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक बर्ष २०७५/७६को तेस्रो त्रैमासमा  बीमाशुल्क आर्जन १८ प्रतिशतले बढेको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ९४ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको चालु आवको तेस्रो वित्तिय विवरण अनुसार गत आवको अन्त्यसम्मा कम्पनीमा ४ लाख ९२ हजार २८६ बीमालेख कायम रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीमा ५लाख ५९ हजार ६५२ बीमालेख कायम रहेको थियो ।

Prabhu
Crest

त्यस्तै, कम्पनीले चैत मसान्तसम्ममा ३४ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २४ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम १ करोड ४८ लाख रहेको छ भने, कम्पनीले ४० वटा दाबीको भुक्तानी गरेको छैन ।

कम्पनीको जगेडा कोष १४ प्रतिशतले बढेर १ अर्ब ११ करोड ९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जोड कोष ९४ करोड ८२ लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने २६ प्रतिशतले बढेर ८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाबिपत्ती कोषमा १० करोड ८६ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २३ पैसा, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३३ पैसा र मूल्यआम्दानी अनुपात ३७ दशमलव ६२ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS