बीमा कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७४ / ७५ को साधारणसभा आव्हान गर्ने पहिलो बीमा कम्पनी बनेको छ ।
कम्पनीको ४८.५ प्रतिशत लाभांश पारित गर्न जेठ ४ गते साधारण सभा हुने भएको छ । साधारण सभा जेठ ४ गते बिहान ९ः३० बजे होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बस्नेछ । नेपाल लाइफले २५ प्रतिशत बोनस सेयर र २३.५ नगद गरी कुल ४८.५ प्रतिशत लाभांश दिन लागेको हो । सभामाले कम्पनीको यो लाभांश अनुमोदन गर्नेछ ।
साधारण सभा गर्न कम्पनीले वैशाख १९ देखि जेठ ४ गतेसम्म बुक क्लोज गर्नेछ । यस आधारमा नेपाल लाइफको लाभांश सुरक्षित गर्न वैशाख १८ गते बुधबारभित्र सेयरधनी भइसक्नुपर्नेछ । कम्पनीले अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ ।
हाल नेपाल लाइफको चुक्त पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्नेछ ।