साताको तेस्रो नेप्से ३ दशमलव ७४ अङ्कले बढेर १२६० दशमलव ६८ अङ्कमा बन्द भएको छ । ६१ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ, डेभलपमेन्ट बैंक र निर्जीवन बीमा, फाइनान्स र उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबैभन्दा धेरै छिमेकि लघुवित्त विकास बैंकको ४ करोड ९६ लाख बराबरको शेयर किनबेच भयो ।
सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्सको सेयरमा ९ दशमलव ८९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै घलेम्दी हाइड्रोपावरको शेयर ४ दशमलव ७९ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमाको क्षेत्रमा वृद्धि आएको छ ।