ग्लोबल आईएमई लघुवित्तले आफ्नो तेश्रो त्रैमास विवरण सार्वजनिक गरेको छ। कम्पनीले तेश्रो त्रैमास सम्म ४ करोड ८ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म कम्पनीले १ करोड १४ लाख रुपैयाँ कमाएको थियो । चुक्ता पुँजी १५ प्रतिशतले वृद्धि भएको र खुद नाफामा आएको २५६ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीपनि २०९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रति शेयर आम्दानी ४९ रुपैयाँ २८ पैसा रहेको छ, गत वर्ष तेश्रो त्रैमास सम्म आउँदा कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैया ९३ पैसा थियो ।
प्रमुख आम्दानी को श्रोत खुद व्याज आम्दानीमा देखिएको १३९ प्रतिशतको वृद्धिले गर्दा कम्पनीको खुद नाफामा वृद्धि देखिएको हो।
कम्पनीले निक्षेप, कर्जा र सापटी रकमको आकारलाई वृद्धि गर्न सफल भएको छ। निक्षेप १४१ प्रतिशतले वृद्धि हुँदै ७१ करोड २९ लाख पुगेको छ, सापटी रकम २२५ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ६९ करोड पुगेको छ भने कर्जा २२२ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ८३ करोड पुगेको छ। खराब कर्जा १ दशमलव २६ प्रतिशतबाट घटेर ० दशमलव ४७ प्रतिशत पुगेको छ।
कम्पनीको वर्तमान बजार मूल्य १११० रहेकोमा कम्पनीको मूल्य आम्दानी अनुपात २३ गुणा छ। कम्पनीको किताबी मूल्य २ प्रतिशतले वृद्धि हुँदै १५० रुपैयाँ ६८ पैसा पुगेको छ भने मूल्य र किताबी मूल्यको अनुपात ७ दशमलव ३७ गुणा छ।